विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

श्रीअन्तु यात्रा

४ वर्षे वि.एड. आइ.टि.को अन्त्य नेर नेर आइपुग्दा सम्म एउटा पनि डेयरिङ्ग हुन सकिरहेको थिएन अर्थात कलेजबाट टुर जाने भनेर योजना बनाउँदा बनाउँदै पनि समय र परिस्थितिले जाने दिन कहिल्यै जुराएन । सायद कलेजबाट अब हाम्रा तर्फबाट टुर जानका लागि समय पनि नमिल्ने पक्का पक्की छ । किनकि परीक्षा निक्कै नजिक आइ सक्यो र हामीले कलेका टिम भएर अब टुर जान सम्भव छैन् । ४ वर्षे समयमा एउटा टुर जान पनि सफल नभएकाले केटा साथीहरु मिलेर लगभग ३, ४ हप्ता अघिदेखिनै अन्तु डाँडा, ईलाम जाने भनेर मिति तोकियो र झन्डै झन्डै तुहिन लागेको उक्त योजनालाई साकार रुप दिँयौ जसमा जाने भनिएका केहि साथीहरु छुट्न गए । कलेजका केटा साथीहरुमा घनश्याम दाहाल, कृष्ण ढकाल, पुरन आचार्य, केशव पौडेल, नविन भण्डारी, शुसिल पोख्रेल, महाप्रसाद चापागाई र म (सुमन दाहाल) मध्ये चार जना मात्र साथीहरु घनश्याम, केशव, नविन र म उक्त योजना बमोजिम जान सक्षम भयौं । केरखामा मिति २०७५।०९।२७ गते शुक्रबार चार जना भेला भई  दिउँसो २:०० बजेको समयमा  लगभग ८५ कि.मि. को यात्रामा हामी लाग्यौ । बानी नपरेको ठाउँ र बाटो भएकाले त्यहाँ पुग्न लगभग हामीलाई ३ घण्टा जति लाग्यो । हामी खासै कुनै हतारो मा पनि थिएनौ र नर्मल गतिमा गुड्यौ। श्रीअन्तु रहेको ठाउँ सुर्योदय नगरपालिका अन्तर्गत पर्दो रहेछ । त्यो कुरा पछि त्यहाँ गएर थाहा पायौँ ।

(श्रीअन्तु डाँडा बाट देखिएको सुर्योदय । )

शेयर गर्नुहोस्:

रङ्गिविरङ्गि पुतलीहरु::

पुतली! जो थोर बहुत समय एउटा फूलमा रुक्दछ र चाहर्दछ सारा फूलका डालीहरुमा आफ्ना पङ्ख फिजाइ, आफ्ना रङ्गिविरङ्गि रङ्गहरु झल्काई, धेरैका मनहरुलाई चंचल गराई र अन्तमा लज्जा(फूल) लाई थप लज्जित बनाइ ।

पुतलीका यस्तै यस्तै शिलशिला चल्दै गर्दा लिईएका तष्विरहरु मैले यस पोष्ट मार्फत संग्रह गरेर राखेको छु । छोटो समयमा नै विभिन्न रङ्गिविरङ्गि पुतलीहरु र फूलसँगैका पुतलीहरुका तष्विरहरु कैद गर्ने सौभाग्य फूलहरुले जुरायो वा मौसमले  जुरायो त्यो भने थाहा छैन तर जुन सौभाग्य मिलेको छ त्यो गज्जब छ ।

(पुतली नं. १)

Butterfly

बसेर प्यूँदो रस थोर बेर ।

मजा अनौठोसँग मस्त हेर ।।

मर् इशको जो रस बासवाला ।

चाखिरहेको छु चुमेर प्याला ।। – लक्ष्मी प्रसाद देवकोटा

शेयर गर्नुहोस्:

HTML & CSS Project

यस पोष्टमा विशेष गरी कक्षा ११ का  विद्यार्थीलाई  HTML र CSS को Project Work का लागि सहयोगार्थ  केहि प्रोजेक्टहरु  यस पोष्ट मार्फत सेयर गरेको छु । जसमा एउटा HTML र दुईवटा CSS प्रयोग गरि डिजाइन गरिएका जम्मा ३ वटा प्रोजेक्टहरु रहेका छन् । जुन ‘All About Operating System’, ‘Short Introduction of L. P. Devkota’ र ‘Top Ten Quotations of six famous person’ शिर्षकमा रहेका छन् ।  आशा छ यस पोष्ट मार्फत तपाईहरुले केहि लाभ उठाउन सक्नु हुनेछ ।

Sample Image of ‘Short Introduction of L.P. Devkota’

Devekota

उक्त प्रोजेक्ट डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

(Click here to download the project.)

शेयर गर्नुहोस्:

Test

टुइटर टुइट

अरुको ब्लग पनि पढ्नुहोस्

यूट्युव च्यानल

नेपाली क्यालेन्डर

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *